ह्जार्डलाई चेल्सीमा फिर्ता पठाउने रियल मड्रिडको योजना

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 795 पटक हेरिएको

स्पेनिश क्लब रियल मड्रिडले इडेन हजार्डलाई चेल्सीमा फिर्ता पठाउनका लागि प्रयास थालेको छ ।

२०१२ देखि २०१९ को बिचमा चेल्सीमा उदाएका हाजार्ड १२० मिलियन पाउण्डमाा रियल मड्रिडमा अनुबन्ध भएका थिए । तर उनी रियलमा आएदेखि इन्ज्युरीको कारण सेलाउन पुगे । 

अपेक्षा अनुसारको प्रदर्शन हजार्डको तर्फबाट हुन सकेन र उनी रियलका लागि मात्र बोझ बन्न पुगे । उनले हालै सम्पन्न युरोकप खेले तर युरोपछि पनि उनी पुर्ण रुपमा भने फिट भएका छैनन् ।

जसका कारण रियलसँग अब हजार्डलाई स्ट्यामफर्ड ब्रिजमा फिर्ता पठाउनुकोे विकल्प बाँकी रहेको छैन ।
 
३० वर्षिय हजार्डकोे चेल्सीसँग राम्रो सम्बन्ध भएका कारण पनि चेल्सीले आफ्नो पूर्व विंगरलाई फिर्ता ल्याउनका लागि प्रयास थाल्न सक्ने देखिन्छ ।

तर चेल्सी यतिबेला बोरुसियाका युवा स्टार हालाण्डलाई अनुबन्धका लागि हरदम प्रयास गरिरहेको छ जसका कारण हजार्डलाई क्लबमा ल्याउन चेल्सीले धेरै रकम खर्च गर्न नसक्ने निश्चित देखिन्छ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey