मेस्सीलाई पाँच बर्ष राख्न सहमत बार्सिलोनाले ग्रिजमनलाई एट्लेटिको पठाउने योजनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 2413 पटक हेरिएको

हाइलाइट्स

नयाँ सिजन अगाडी बार्सिलोनाले सर्जियो अगुइरो, मेम्फिस डेम्पे, इरिक गार्सियालाई भित्र्याएको छ । यता क्लवले एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुइजसँग साट्ने प्रस्तावपनि गरेको छ । 

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लवसँगको नयाँ सम्झौताका लागि आफुले पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती गर्न सहमत भएका छन । 

पाँच बर्षको नयाँ सम्झौताका लागि तलव कटौतीमा सहमत भएका मेस्सीले पाउँदै आएको साताको तलवमा दुई लाख ५० हजार पाउण्ड कटौती हुने भएको छ । 

नयाँ सम्झौता अनुसार मेस्सी अब ३९ बर्षसम्म बार्सिलोनामा नै बस्नेछन । मेस्सीले पछिल्लो चार बर्षमा चार सय २५ मिलियन पाउण्ड तलव बुझेका थिए । तर यो तलवमा उनले आँधामात्र पाउने गरेर सहमत भएका छन । 

कोभिडका कारण आर्थिक समस्यामा रहेको बार्सिलोना र मेस्सीको औपचारिक सम्झौता जुन ३० मा सकिएको थियो । त्यसपछि उनी दुई साता फ्रि एजेन्ट भएर बसेका थिए ।

त्यसमा पनि पीएसजीले उनलाई अनुबन्ध गर्नका लागि पहल नगरेको होइन, तर पीएसजीले अन्तिममा हार खाएर आफ्नो प्रस्तावलाई पुर्ण विराम लगाएको थियो । 

३४ बर्षे मेस्सी सन् २००० बाट बार्सिलोनामा छन । बार्सिलोनाको एकेडेमीबाट आएको मेस्सीले क्लवका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन । 

नयाँ सिजन अगाडी बार्सिलोनाले सर्जियो अगुइरो, मेम्फिस डेम्पे, इरिक गार्सियालाई भित्र्याएको छ । यता क्लवले एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुइजसँग साट्ने प्रस्तावपनि गरेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey