लेजर लाइटका कारण डेनमार्कविरुद्धको खेलमा इंग्ल्याण्डलाई जरिवाना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 3141 पटक हेरिएको

हाइलाइट्स

लिभिजनमा देखिदा इंग्ल्याण्डका हेरी केनले पेनाल्टी प्रहार गर्ने समयमा कास्पेरको अनुहारमा हरियो लेजर लाइट देखिएको थियो । अतिरीक्त समयमा इंग्ल्याण्डले पाएको सो पेनाल्टीको गोलका कारण नै इंग्ल्याण्डले युरो कपमा पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । 

युरोपियन फुटबल महासंघले इंग्ल्याण्डलाई जरिवाना लगाएको छ । सेमिफाइनलमा डेनमार्कका गोलकिपर कास्पेर सिमाइकलको अनुहारमा लेजर लाइट देखिएपछि युइएफएले इंग्ल्याण्ड टिमलाई जरिवाना लगाएको छ । 

टेलिभिजनमा देखिदा इंग्ल्याण्डका हेरी केनले पेनाल्टी प्रहार गर्ने समयमा कास्पेरको अनुहारमा हरियो लेजर लाइट देखिएको थियो । अतिरीक्त समयमा इंग्ल्याण्डले पाएको सो पेनाल्टीको गोलका कारण नै इंग्ल्याण्डले युरो कपमा पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । 

कास्पेरले केनले प्रहार गरेको पेनाल्टी पहिलो पटक बचाएपनि रिबाउण्डमा गोल खाएका थिए । जसका कारण टिमले दुई एकको अग्रता बनाएको थियो भने अन्तिममा सोहि गोल इंग्ल्याण्डलाई फाइनलमा पुर्याउन भाइटल बनेको थियो । 

यसका साथै इंग्ल्याण्डलाई डेनमार्कको राष्ट्रिय गानका बेलापनि अवरोध गरेको भन्दै कारवाही गरेको छ । यूइएफएको अनुशासन कमिटीले सो कारवाहि सुनाएको हो ।

इंग्ल्याण्ड र डेनमार्कको सो खेलका क्रममा पेनाल्टीपनि विवादास्पद बनेको थियो । यस्तै एक बेल खेलमा भइरहेका बेला अर्को बलपनि मैदानमा देखिँदा रेफ्रीले खेल नरोकेकोमा पनि आलोचना भएको छ । अरु समयमा मैदानमा दुई बल भएको खण्डमा खेल रोकिने गरिन्छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey