आर्थिक अवस्था निकै कमजाेर भएका दिप्सनलाई किरणले दिलाएकाे हाैसला र सहयाेगकाे बाचा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१४
  • |
  • 6673 पटक हेरिएको

हाइलाइट्स

आर्थिक अवस्था निकै कमजोर भएका दिप्सन पर्वतबाट यू १३ एकेडेमीमा परेका छन । एन्फाले गोलाप्रथाबाट टिम छनोट गर्दा उनी नेपाल पुलिस क्लवमा परेका थिए । 

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले एन्फाको यू १३ एकेडेमीका लागि नेपाल पुलिस क्लवमा परेका दिप्सन परियारलाई कुनै पनि सहयोगका लागि बचन दिएका छन । 

आर्थिक अवस्था निकै कमजोर भएका दिप्सन पर्वतबाट यू १३ एकेडेमीमा परेका छन । एन्फाले गोलाप्रथाबाट टिम छनोट गर्दा उनी नेपाल पुलिस क्लवमा परेका थिए । 

पर्वतको हुवासमा बसोबास गरिरहेका दिप्सनका बुवा भारतमा मजदुरी गर्ने गर्छन भने आमा सामान्य सिलाईकटाईका काम गर्ने गर्छन । पछिल्लो केहि बर्षदेखि हुवासमा नै भाडामा बसिरहेका दिप्सनको परिवार आफ्नो छोराको सफलताले निकै खुसी रहेको छ । 

उनका हजुरबुबा अहिलेपनि माथिल्लो जातको कार्यक्रममा बाजा बजाउने काम गर्छन । पर्वतबाट एन्फाको छनौटमा परेर केन्द्रियमा पनि पास भएका दिप्सन पुर्ण छात्रवृत्तीमा नेपाल पुलिस क्लवमा अनुबन्ध भएका छन । 

दिप्सनका आइडल खेलाडी रहेका किरण चेम्जोङले उनीसँग कुरा गर्दै आफ्नो तर्फबाट कुनैपनि सहयोग चाहिएको खण्डमा भन्न र सपोर्ट गर्नका लागि सधै तयार रहेको बताए । आइडल खेलाडीसँग कुरा गर्न पाउँदा दिप्सनपनि निकै खुसी भएका थिए ।

यतिमात्र होइन, उनी विभागिए टिमको एकेडेमीमा परेपछि यतिबेला पर्वतमा उनको परिवारले पनि गाउँका अरु मानिसबाट निकै सकारात्मक ब्यवहार पाएका छन । 

दिप्सनलाई सी डिभिजन लिग खेलेका अर्जुन बस्यालले निकै सहयाेग गरेका छ । आफुपनि खेलाडी रहेको अर्जुनले नै उनलाई फुटबल सिकाउने देखि एकेडेमीको छनौटमा लिएर गएका थिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey