२ बर्षपछि फिफा बरियतामा नेपाल ३ स्थान माथि उक्लियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 2420 पटक हेरिएको

फिफा बरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७१ औं स्थानबाट एक सय ६८ औं स्थानमा पुगेको छ ।

अघिल्लो महिनाको बरियतामा एक सय ७१ औं स्थानमा रहेको नेपाल जुनमा सार्वजनिक भएको नयाँ बरियतामा नेपाल तीन स्थान सुधार गर्दै एक सय ६८ औं स्थानमा पुगेको हो ।

इराकसँगको मैत्रीपुर्ण खेलमा हार ब्यहोरेको नेपालले फिफा विश्वकप छनौटमा चाइनीज ताइपेइसँग तीन शुन्यले जितेको थियो । यस्तै जोर्डनसँग तीन शुन्यको हार ब्यहोरेको नेपालले निकै बलियो टिम अष्ट्रेलियासँग पनि तीन शुन्यले पराजित भएको थियो ।

टिमले जोर्डन र अष्ट्रेलियासँग हारेपनि उसको प्रशंसा भने भएको थियो । आफु भन्दा माथिका टिमसँगको प्रदर्शनका कारणपनि नेपाली टिमको बरियता फरक आएको हो ।

सन् २०१९ पछि नेपाली टिमको बरियतामा सुधार आएको हो । सन् २०१८ मा एक सय ६१ औं स्थानमा रहेको नेपाल त्यसपछि एक सय ७० औं स्थानमा झरेको थियो । त्यसमा पनि पछिल्लो एक बर्षदेखि एक सय ७१ औं स्थानमा नै थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey