अन्ततः काेपा अमेरिका ब्राजिलमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 505 पटक हेरिएको

दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरीका अन्तिममा ब्राजिलमा हुने भएको छ ।

प्रतियोगिता सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहेका बेला अर्जेन्टिनामा कोभिडका कारण नहुने भएपछि केहि घण्टाका लागि अन्योल सिर्जना भएको थियो । तर अन्तिममा दक्षिण अमेरिकी फुटबल महासंघले ब्राजिलमा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

राजनीति आन्दोलन बढेपछि कोलम्बियाले कोपा अमेरिकाको सहआयोजकबाट नाम फिर्ता लिएको थियो । जुन १३ बाट शुरु हुने प्रतियोगिता कति रंगशालामा खेलाउने भन्ने बारेमा भने कुनै निर्णय गरिएको छैन ।

कोरोनाले धेरै प्रभावित हुने देशको सूचीमा ब्राजिलपनि पर्छ । अझैपनि ब्राजिलमा संक्रमितको संख्या नियन्त्रण हुन सकेको छैन ।

यस्तैमा कोपा अमेरिका गर्ने निर्णयले केहि आश्चार्यमा पारेको छ । ब्राजिलमा मात्र कोरोनाका कारण चार लाख ६० हजार जनाको मृत्यु भइसकेकाे छ । जुन विश्वमा धेरै मानिसले ज्यान गुमाउने देशमा शीर्ष स्थानमा छ । सन् २०१९ मा भएको अघिल्लो संस्करणको उपाधि ब्राजिलले जितेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey