चितवनविरुद्ध काठमाडौं २–१ ले अगाडी
- नेप्लेज
- |
- २०७८-०१-२६
- |
- 534 पटक हेरिएको
नेपाल सुपर लिगमा अहिले काठमाडौं रेजर्स र एफसी चितवन विच प्रतिस्पर्धा भइरहेको छ । जसमा काठमाडौं रेजर्स दुई एकले अगाडी रहेको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा काठमाडौंले एक गोलको अग्रता बनाएको छ । १७ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता बनायो । उसका लागि मेसौकेले वन भर्सेस वनमा गोल गर्न सफल भए । उनले चितवनका दुई जना डिफेन्डरलाई विट गर्दै उत्कृष्ट फिनिस गरे ।
२० औं मिनेटमा जर्ज प्रिन्स कार्कीले पाएको मौकामा सफल हुन सकेन । उनले डिबक्समा पाएको बललाई समयमा नै प्रहार गर्न सकेनन् । २१ औं मिनेटमा चितवनका विदेशी खेलाडी सबानको प्रहार काठमाडौंका गोलकिपरले सहजै बचाए ।
२५ औं मिनेटमा रजिन लोप्चाङको डिबक्स बाहिरको प्रहार पोष्टको माथिबाट बाहिरीयो । ३३ औं मिनेटमा काठमाडौं रेजर्सले खेलमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका विश्वास उदासले विश्वास श्रेष्ठलाई दिएको बल सञ्जोग राईले गोल गर्न सफल भए ।
३५ औं मिनेटमा फेरी पनि सञ्जोग राईले चितवनका गोलकिपर विट गरिसकेको अवस्थामा प्रहार गरेको बल पोष्टको निकै माथि रह्यो । ३९ औं मिनेटमा मेसौकेले डिबक्स भित्रबाट गरेको प्रहारपनि पोष्ट भन्दा निकै माथिबाट बाहिरीयो ।
त्यसपछि ४० औं मिनेटमा चितवनले अन्तर दुई एकमा पुर्यायो । उसका लागि राजिव लोप्चाङले गोल गर्न सफल भए । उनले भली बलमा उत्कृष्ट गोल गरे ।
त्यसको अर्को मिनेटमा शिशिर लेखीको क्रसमा जर्ज प्रिन्स कार्कीले डिबक्समा पाएको उत्कृष्ट मौकालागि खेर फाले । ४४ औं मिनेटमा काठमाडौंले पाएको फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरीयो ।