एपीएफ अपराजित रहँदै मेयर कपकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 812 पटक हेरिएको

विभागिए टिम एपीएफ क्लव ललितपुर मेयर कप टी २० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ । उसले लिग चरणका चार खेलमा चारैमा जित निकाल्दै विजेताका रुपमा फाइनलमा स्थान बनायो । लिगको अन्तिम खेलमा उसले लुम्बिनी प्रदेशलाई ४० रनले हरायो ।

कीर्तिपुर स्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । कमजोर सुरुवात गरेको एपीएफले १३ रनमा पहिलो विकेट गुमायो । उसकी ओपनर इन्दु बर्मा मात्र तीन रनमा आउट भइन ।

दोस्रो विकेटका लागि राजमती ऐरी र ममता चौधरीले ५८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर राजमतीले २३ रनको योगदान गरिन ।

एक खेल अगाडी नै फाइनलमा पुगिसकेको एपीएफले ओपनर जोडीलाई परिवर्तन गरेको थियो । यसअघि ओपनरका रुपमा खेल्दै आएकी ज्योती पाण्डे चौथो स्थानमा ब्याटिङमा आउँदा मात्र पाँच रनमा आउट भइन ।

त्यसपछि कप्तान सिता रानामगरले २८ रनको योगदान गरिन । यस्तै सरिता मगरले सात, रेखा रावलले पाँच र विनु बुढाले तीन रन जोडिन ।

बलिङमा स्वस्तिका बजगाई, क्रितिका मरासिनीले दुई दुई विकेट लिइन ।

जवाफमा लुम्बिनी २० ओभरमा दुई विकेट गुमाउँदै एक सय दुई रनमा रोकियो ।

प्रतियोगितामा एक खेलपनि नजित्ने लुम्बिनी एक्लो टिम बन्यो ।

राम्रो सुरुवात गरेको लुम्बिनीले ४६ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि उसका स्कोर ६३ रन हुँदा दोस्रो विकेट झरेको थियो ।

लुम्बिनीकी नितु भण्डारीले १७ रन बनाइन भने लक्ष्मी चौधरीले ३५ रनको योगदान गरिन ।

यस्तै सरस्वती घर्तिमगर २१ रन बनाइन भने नेरी थापाले २७ रनको योगदान दिए ।

अब उपाधिका एपीएफले उपाधिका लागि शनिबार सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ । लिगको दोस्रो स्थानमा रहेर सुदुरपश्चिम फाइनलमा पुगेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey