एएफसी कपकाे प्रारम्भिक छनाैट खेल्न श्रीलंकन पुलिस टिम काठमाडाैंमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 330 पटक हेरिएको

एएफसी कपको प्रारम्भिक छनौट खेल्नका लागि श्रीलंकन पुलिस टिम काठमाडौं आइपुगेको छ ।

दशरथ रंगशालामा हुने खेलका लागि श्रीलंकन टिम सोमबार काठमाडौं आइपुुगेको हो ।

एएफसीको क्लव लाइसेन्स पाएपछि आर्मीले एएफसी कप खेल्न पाएको हो । जसमा उसले छनौट चरणको पहिलो खेलमा श्रीलंकन पुलिस टिमसँग खेल्नेछ । यो खेल यहि बुधबार खेल्नेछ ।

यो खेलमा आर्मी विजयी भएमा अर्को खेलमा बैंग्लोरसँग खेल्नेछ । त्यो खेल भने भारतमा हुनेछ ।

यो खेलका लागि आर्मीले आफ्नो तयारी पनि सुरु गरेको छ । काठमाडौं बाहिरका विभिन्न प्रतियोगिताका लागि आर्मीले दोस्रो टिम पठाएको छ ।
प्रारम्भिक छनौट चरण पार गरेमा आर्मी समुह डीमा समावेश हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey