एनभीए कप भलिबलमा पुलिसकाे विजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 373 पटक हेरिएको

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । पुलिसले नयाँ बजार सामाजिक युवा क्लवलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्याे ।

दशरथ रंगशालाको कर्भडहलमा भएको खेलमा पुलिसले तीनै सेटमा सहज जित हात पार्यो ।

जसमा पुलिसले नयाँ बजारविरुद्ध पहिलो सेट २५–९ ले जितेको थियो भने दोस्रो सेटमा २५–२१ को जित निकाल्यो । पहिलो सेटको तुलनामा दोस्रो सेटमा नयाँ बजारले केहि राम्रो खेल खेलेको थियो ।

तेस्रो सेटमा पनि पुलिसलाई नयाँबजारले केहि प्रतिस्पर्धा गरेपनि अन्तिममा २५–१६ ले सेट गुमाउन पुग्यो । जसका कारण पुलिसले सहज रुपमा तीन अंक हासिल गर्यो ।

आजै भएको महिला तर्फको खेलमा न्यू डायमण्डले ढोरपाटनलाई तीन शुन्यको सोझो सेटमा नै हराएको थियो ।

न्यू डायमण्डले पहिलो सेटबाट नै आफुलाई अगाडी राखेको थियो । तुलनात्मक रुपमा कमजोर टिम ढोरपाटनविरुद्ध न्यू डायमण्डले पहिलो सेट २५–६ ले जित्यो भने दोस्रो सेट २५–२ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै तेस्रो सेटमा पनि २५–५ को जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो ।

पुरुषका सात टिममात्रै भएपछि लिग खेलपछि शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्ने भएका छन् । प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ ।

दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा र त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता महिला र पुरुषले ३ लाख हात पार्नेछन् । यस्तै उपवपजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५–२५ हजार पाउनेछन् भने उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगको अनुमानित बजेट २८ लाख रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey