दमक नगरपालिका गिरिजाप्रसाद कोइराला फुटबलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 410 पटक हेरिएको

सुनसरी चैत्र १८गते –दमक नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सुनसरीको इनरुवा नगरपालिकालाइ ५–३ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमकको जितमा माल्दिना आंगपुचोले ह्याटिक गरे । उनले खेलको २४ औ, ५० औ र ७५ औ मिनेटमा गोल गरे । दमकका तर्फबाट अरु २ गोल खेम पोखरेल र संजय धिमालले गरे । पोखरेलले खेलको ४ औ मिनेट र पोखरेलले ५० औ मिनेटमा गरेका थिए ।

इनरुवाकालागि अभिषेक कालिकोटेले २ गोल गर्दा सिसम चौधरीले १ गरेका थिए । कालिकोटेले खेलको १८ र २५ औ मिनेटमा गोल गरेका थिएभने चौधरीले खेलको १४ औ मिनेटमा गोल गरे ।

खेलको म्यान अफ द म्याच ह्याटिक गरेका दमकका माल्दिना आंगपुचो घोषित भए । उनलाइ प्रमुख अतिथि तरुणदल सुनसरीकाअध्यक्ष सिजन गुरुंगले नगद ३ हजार सहित टफी प्रदान गरे ।

दमकनगरपालिकाले अब उपाधीकालागि भोली बिहिबार हुने धरान उपमहानगरपालिका र बिराटनगर महानगरपालिकाबिचको सेमिफाइनल बिजेतासंग प्रतिष्पर्धा गर्नेछ । फाइनल प्रतिष्पर्धा चैत्र २१ गतेका दिन हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगिताको विजेता टिमले २ लाखनगद र उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey