आर्मीलार्इ हराउँदै थ्रीस्टार इटहरी गाेल्डकपकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 185 पटक हेरिएको

माघ १०, काठमाडौं । विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई हराउँदै थ्री स्टार क्लव इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

इटहरी क्षेत्रीय रंगशालामा भएको खेलमा थ्रिस्टारले आर्मीलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हरायो ।

प्रतिस्पर्धात्मक बनेको खेलको २५ औ मिनेटमा नवयुग श्रेष्ठको पासमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मी विरुद्ध थ्रीस्टारले ५७ औ मिनेटमा बराबरी गर्न सफल भयो । अनन्त तामाङले गरेको हेड क्रसबारमा लागेर फर्किएपछि रिवाउन्डमा मार्टिन्सले गोल गरेका थिए ।  त्यसपछि निर्धारीत ९० मिनेट र थपिएको १५ मिनेटमा दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा थ्रिस्टारले पाँच गोल गर्दा आर्मीले तीन गोल मात्र गर्न सक्यो ।

थ्रीस्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ र निराजन खड्का, सुनिल बल र अनन्त तामाङले गोलगर्दा आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दिप लामाले गोल गर्दा एरिक विष्टको प्रहार थ्रिस्टार एलन न्योपानेले बचाए ।

थ्रीस्टारले आर्मीलाई झण्डै चार बर्षपछि पराजित गरेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey