विश्वकप छनोट : आयरल्यान्डसँग पोर्चुगल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२८
  • |
  • 366 पटक हेरिएको

काठमाडाैँ। फिफा विश्वकप छनाेट २०२६ अन्तर्गत युराेपेली छनाेट खेलमा पाेर्चुगल पराजित भएकाे छ।

रिपब्लिक आयरल्यान्डकाे घरेलु मैदान अविभा स्टेडियममा बिहिबार राति सम्पन्न खेलमा पाेर्चुगल २–० ले पराजित भएकाे हाे। 

रिपब्लिककाे जितमा टाेरी पारोटले दुवै गाेल गरे। उनले पहिलाे हाफकाे १७औँ तथा ४५औँ मिनेटमा गाेल गरे। यस्तै, पाेर्चुगलका कप्तान क्रिस्टियानाे राेनाल्डले खेलकाे ६१औँ मिनेटमा राताे कार्ड व्यहाेरेपछि मैदान छाडे। राेनाल्डाेले करिअरकाे १२औँ राताे कार्ड व्यहाेरेकाे हुन्।

याे हारसँगै समूह 'एफ' मा पाँच खेलबाट १० अंक रहेकाे पाेर्चुगल विश्वकपमा छनाेट हुने अर्काे खेल खेल्नु पर्ने भएकाे छ। उसले समूहकाे आफ्नाे अन्तिम खेल अर्मानियासँग आइतबार इस्टेडियो डो ड्रागाओमा खेल्नेछ।

यता, जितसँगै समान खेलबाट ७ अंक जाेडेकाे आयरल्यान्ड तेस्राे स्थनामा छ। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal