गरिमा रोड रेस मंसिर ६ गते
-
नेप्लेज
- |
- २०८२-०७-२६
- |
- 170 पटक हेरिएको
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर ६ गते गरिमा रोड रेसको दोश्रो संस्करण आयोजना गर्ने भएको छ ।
प्रतियोगिता खुला पुरुष/ महिला १० किलोमिटर, कर्पोरेट पुरुष-महिला ५ किलोमिटर र भेट्रान पुरुष/महिला ५ किलोमिटर दूरीमा दौड हुनेछ ।
भेट्रानमा पुरुष ५० वर्षमाथि र महिला ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान विधा दोश्रो संस्करणदेखि थपएिको हो ।
करिब १ हजार प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको दौडको खुलातर्फ विजेताले ५० हजार, दोश्रोले ३५ हजार, तेश्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्पोरेट र भेट्रानमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ३० हजा, २० हजार, १४ हजार, १० हजार र ७ हजार नगद पुरस्कार हात पार्ने छन् ।
बालुवाटार, काठमाडौंस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने दौड विभिन्न भागको परिक्रमा गरी बालुवाटारमै पुगेर टुंगिनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउन आयोजकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकले कात्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपैयाँ शुल्क तिरी रजिस्टेसन गर्न सक्ने छन् ।
गत संस्करणमा ओलम्पियन सन्तोषी श्रेष्ठसहित ६ सय ५० सहभागी थिए ।