मैत्रीपूर्ण सिरिजका लागि महिला क्रिकेट टोली भारत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२५
  • |
  • 724 पटक हेरिएको

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो ।

महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज कञ्चनपुरमा एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष एवं क्यानका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, आगामी मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालविरुद्ध खेल्ने छ ।

“विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ”, उनले भने ।

टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिवना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal