चेन्नईलाई पराजित गर्दै राजस्थानको सिजन अन्त्य

Kelmi

  • एजेन्सी
  • |
  • २०८२-०२-०७
  • |
  • 4161 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा वैभव सूर्यवंशी र सन्जु सामसन बीचको महत्त्वपूर्ण साझेदारीको मद्दतले राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। यससँगै प्रतियोगितामा सञ्जु सामसनको नेतृत्वमा रहेको राजस्थानले सुखद् अन्त्य गरेको छ। चेन्नईले आफ्नो अन्तिम खेल मे २५ मा गुजरात टाइटन्स विरुद्ध खेल्नेछ। राजस्थान र चेन्नई पहिले नै प्लेअफ दौडबाट बाहिरिसकेका छन्।

मंगलबार दिल्लीको अरुण जेटली रंगशालामा खेलिएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा आठ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। जवाफमा, राजस्थानले १७.१ ओभरमा चार विकेट गुमाउँदै १८८ रन बनायो र प्रतियोगिताको चौथो जित दर्ता गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटका लागि वैभव सूर्यवंशी र यशस्वी जैसवालले ३७ रनको साझेदारी गरेका थिए जसलाई अंशुल कम्बोजले तोडेका थिए । उनले जयस्वाललाई बोल्ड गरे। उनी १९ बलमा ३६ रन बनाएर आउट भए। यसपछि सूर्यवंशीलाई कप्तान सन्जु सामसनको साथ मिल्यो। दुवैले दोस्रो विकेटको लागि ९८ रन जोडे। सामसन ४१ रन बनाएर आउट भए भने सूर्यवंशी ५७ रन बनाएर आउट भए। यस खेलमा रियान परागले राम्रो प्रदर्शन गर्न सकेनन् र तीन रन बनाएर आउट भए। ध्रुव जुरेल ३१ र शिमरोन हेटमायर १२ रनमा अविजित रहे। चेन्नईका लागि अश्विनले दुई विकेट लिए भने अंशुल कम्बोज र नूर अहमदले एक-एक विकेट लिए।

त्यसअघि चेन्नईको सुरुवात कमजोर रह्यो। डेभन कोनवेलाई युधवीर सिंहले आउट गरे। उनले केवल १० रन मात्र बनाउन सके। यसपछि, उनले खाता पनि खोल्न नसकेका उर्विललाई पनि पभेलियनको बाटो देखाए। चेन्नईका लागि आयुष म्हात्रेले ४३, देवाल्ड ब्रेभिसले ४२ र शिवम दुहेले ३९ रनको ठूलो इनिङ खेले। त्यसैबेला कप्तान धोनीले १७ बलमा १ छक्काको मद्दतले १६ रन बनाएर आउट भए। राजस्थानका लागि युद्धवीर सिंह र आकाश माधवालले तीन तीन विकेट लिए भने तुषार देशपाण्डे र वानिन्दु हसरंगाले एक एक विकेट लिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal