नुवाकोट र भक्तपुर जिल्ला बुद्धिचाल संघ गठन

-
नेप्लेज
- |
- २०८२-०२-०६
- |
- 4212 पटक हेरिएको
प्रकाश जोशीको सभापतित्वमा सोमबार सम्पन्न नुवाकोट बुद्धिचाल संघ जिल्ला अधिवेशनले ई. सुरज लामाको नेतृत्वमा ७ कार्य समिति चयन गरेको छ।
नवीन श्रेष्ठ उपाध्यक्ष रहेको समितिले सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध चयन गरेको हो। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनवाट शिव श्रेष्ठ, सुमित जोशी र संजिता श्रेष्ठ सदस्यमा चयन भएका छन्।
महासंघका महासचिव धरम बहादुर लामाको उपस्थितिमा भएको साधारणसभाले आगामी केन्द्रीय अधिवेशनमा सहभागी जनाउन निवर्तमान अध्यक्ष प्रकाश जोशीलाई प्रतिनिधिको रुपमा चयन गरेको छ।
बाग्मती प्रदेश खेलकुद बिकास परिषदका सदस्य संगित श्रेष्ठको रोहबरमा भएको सभावाट बाग्मती प्रदेश बुद्धिचाल संघको अधिवेशनका लागि सुरज लामा, प्रकाश श्रेष्ठ, अमजद आलम, संजिता श्रेष्ठ र राजन श्रेष्ठलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ।
यसैगरी रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न भक्तपुर बुद्धिचाल संघको अध्यक्षमा बद्रिकेदार दुवाल निर्विरोध चयन भएका छन्। भक्तपुर जिल्ला खेलकुद बिकास समितिका प्रमुख बिनु पुरी प्रमुख अतिथि रहेको साधारणसभावाट उपाध्यक्षमा रामकुमार माकजु, सचिव किरण गाईजु, सहसचिव किरण प्रजापति, कोषाध्यक्ष सविना गुज निर्वाचित भएका छन्।
महासंघका केन्द्रीय प्रतिनिधि निरञ्जन प्रजापतिको रोहबरमा सम्पन्न अधिवेशनले सुन्दर श्रेष्ठ, सविना श्रेष्ठ, प्रवेश प्रजापति, एण्डिज ग्वाछा र पदम कृष्ण श्रेष्ठ सदस्यमा चयन भएका छन्।
नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्ला संघलाई जेष्ठ ७ गते भित्र अधिवेशन गर्न परिपत्र गरेको छ।
विधान अन्तर्गत कार्यकाल सम्पन्न भएका जिल्लाले समयावधिमा अधिवेशन गर्न चुके तदर्थ समिति गठन गर्ने महासंघले जनाएको छ।