पोखरा थन्डर्स प्लेअफमा  

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०२
  • |
  • 3327 पटक हेरिएको

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार भएको निर्णायक खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीमाथि २-० को सशक्त जित निकाल्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ। वर्षा र दबाबबीच खेलेको यस खेलमा पोखराका युवा फवार्ड आयुष घलानले गोल र नेतृत्व दुबै भूमिका उत्कृष्ट तरिकाले निर्वाह गर्दै ‘प्लेअर अफ दि म्याच’ घोषित भए।

खेलको सुरुवाती मिनेटमै पोखराले खेलको लय आफ्नो पक्षमा ल्याएको थियो। १०औं मिनेटमा समिर तामाङको बायाँ विंगबाट आएको सटिक क्रसमा आयुष घलानले पेनाल्टी बक्स भित्रबाट हेडमार्फत गोल गर्दै पोखरालाई १-० को अग्रता दिलाए। यो आयुषको प्रतियोगितामा पहिलो गोल थियो, जुन निकै महत्त्वपूर्ण सावित भयो।

पोखराले पहिलो हाफमा थुप्रै अवसर सिर्जना गर्‍यो। नवयुग श्रेष्ठ, समिर तामाङ र स्टेफेन विनोङले गोल गर्ने प्रयास गरे तर बुटवलका किपर दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै बुटवललाई खेलमा राखिरहे। बुटवलले पनि केही काउन्टर अट्याकहरू गरेको थियो ।  मनिष डाँगी र प्रदीप लामाले आक्रमण गरे तर पोखराको रक्षापंक्तिले बलियो प्रदर्शन गर्‍यो।

दोस्रो हाफमा पोखराको आक्रमण अझ तीव्र भयो। ५८औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको कर्नरमा  विलियमले शक्तिशाली हेडमार्फत दोस्रो गोल गरे।  

खेलको ६२औं मिनेटमा बुटवलका निराजन धामीले उत्कृष्ट मौका गुमाए, जब पोखराका किपर अघि सरेका थिए । तर बल पोष्ट बाहिर गयो। बुटवलले इन्जुरी टाइमसम्म दबाब बनाए पनि पोखराका किपर प्रिसो र रक्षापंक्तिको समन्वयले क्लिन सिट सुरक्षित गर्न सफल भयो।

यो नतिजाले पोखरालाई प्लेअफमा स्थान दिलाएको छ भने झापा एफसी यस सिजनबाट बाहिरिएको छ। अर्कोतर्फ काठमाडौं रेजर्सको प्लेअफ सम्भावना अब चितवनको अन्तिम खेलमा निर्भर छ। चितवनले अब प्लेअफ पुग्न धनगढी एफसीलाई हराउनु अनिवार्य छ। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal