केपी ओली कप क्रिकेट : अत्तरिया र माल पोखरी विजयी, अत्तरिया शीर्षस्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०२
  • |
  • 3331 पटक हेरिएको

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र माल पोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औँ दिन समूह ‘डी’ तर्फ मङ्गलवार भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १४०  रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६विकेट गुमाउँदै १४१ रन बनायो । 

ओपनर अभिषेक पललाई शून्यमै गुमाएको अत्तरियाका लागि दोस्रो ओपनर विपिन रावलले इनिङ उकास्ने प्रयास गर्दा २६ रनमा आउट भए । चौथो विकेटका लागि क्रिजमा पुगेका टेक रावतले उत्कृष्ट प्रदर्शनी गर्दै ६१ रनको अविजित पारी खेले । उनले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । हिकमत महर १३ रनमा अविजित रहे । उनले ८ बलमा ३ चौका प्रहार गरे । निश्चल क्षेत्री ५, अर्जुन विक १६, खगेन्द्र जोशी  ८ र वसन्त खत्री १ रनमा आउट भए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले २/२ तथा महेश भार र निर्मल गुरुङले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनको सुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई शून्यमा गुमाएको होरिजोनका लागि चौथो विकेटका लागि आएका कमल विष्टले इनिङ उकास्ने काम गरे । विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ४६बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

विप्रस केसीले ३५ रन बनाउँदै नट आउट रहे । उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नरबहादुर सार्की २७ रनमा आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । निर्मल गुरुङले १३ रन जोडे । ओपनर निश्चल ज्ञवाली र अमर मिश्र शून्यमै पेभिलियन फर्किए । सुमन पाण्डे १, तुलबहादुर थापा ४, आरिफ खान ५, महेश भार १ र सुवम खनाल ३ रनमा आउट भए । अत्तरियाका लागि वसन्त खत्रीले १.१ ओभरमा ४ रन दिँदै ३ विकेट लिए । भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सुशील साउदले २ तथा हिकमत महर र अर्जुन विकले समान १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच टेक रावत घोषित भए । 

माल पोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । १२९ रनको विजयी लक्ष्य पाएको माल पोखरीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १३१  रन बनायो ।  ओपनर आतिश दासलाई ९ रनमा गुमाएको माल पोखरीका लागि तेस्रो विकेटका लागि क्रिजमा आएका विजय गुप्ताले ५९ रनको उत्कृष्ट पारी खेल्दै रन आउट भए । उनले ४६बलमा ८ चौका र २ छक्का प्रहार गरे । डब्लुमलिक १० रनमा आउट भए । सोहन कुमार यादव १३, रनभिर यादव १४ र जितेश मण्डल शून्यमा आउट भए भने चन्दन यादव र आशिष सिग्देल समान ४ रनमा नट आउट रहे । सुन्दर हरैचाका लागि समीर कार्कीले २ तथा सन्दीप ढुङ्गाना, प्रकाश कार्की र ओमकार यादवले १/१ विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैचाले २० ओभरमा १२८ रन बनाउँदै अल आउट हुन पुग्यो ।  समीर कार्कीले ३१ रन बनाए उनले १९ बलमा २ चौका ३ छक्का प्रहार गरे । मिर्नल गुरुङ १९, मनिष थापा १०, रूपक बराल १७, गौरव कटवाल १४ सन्दीप ढुङ्गाना १४ रनमा आउट भए । ओपनर रितेश राय १, रोहण शाह ५, ओमकार यादव १, समीर तिम्सिना  २ रनमा आउट भए । माल पोखरीका लागि सिराज हवारी र जितेश मण्डलले २–२ तथा सनिदप खड्का, पङ्कज यादव र सोहन कुमार यादवले समान १–१ विकेट लिए । माल पोखरीका विजय गुप्ता प्लेयर अफ दी म्याच घोषित भए । २ खेलमा २ जित हासिल गरेको अत्तरिया ४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा १ जित १ हार सहित २ अङ्क रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा माल पोखरी तेस्रो स्थानमा रहेको छ । सुन्दर हरैचा २ खेलमा २ हारसहित तालिकाको पुछारमा रहेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा भोलि समूह डी कै खेल हुनेछन् । पहिलो खेलमा होरिजोनले सुन्द हरैचाको सामना गर्ने छ भने अत्तरियाले माल पोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोली अन्तिम चारमा पुग्ने छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal