आईपीएल २०२५: वरेन्ज र पर्पल क्यापको होड चर्किँदै 

Kelmi

  • एजेन्सी
  • |
  • २०८२-०१-०२
  • |
  • 4307 पटक हेरिएको

आईपीएल २०२५ मा ब्याट्सम्यानहरूले शानदार प्रदर्शन गर्दै २०० रन पार गर्नेहरूको सङ्ख्या १४ पुगेको छ। तेसो त केही ब्याट्सम्यान ३०० रन नजिक छन्, तर अहिलेसम्म तीन जनाले मात्र त्यो सीमामा हात लाएका छन्।

वरेन्ज क्याप होड

अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडीको रूपमा निकोलस पूरन (३५७ रन) शीर्ष स्थानमा छन्, यद्यपि उनले चेन्नई सुपर किंग्स (सीएसके) विरुद्धको खेलमा खास प्रदर्शन गर्न सकेनन्। दोस्रो स्थानमा छन् बी साई सुदर्शन (३२९ रन) र तेस्रोमा मिचेल मार्श (२९५ रन) रहेका छन्।

त्यस्तै श्रेयस अय्यर ले २५० रन पार गरेका छन् भने विराट कोहली र सूर्यकुमार यादव पनि नजिकै छन्। जोश बटलर, ट्राभिस हेड, तिलक वर्मा, फिल साल्ट, शुभमन गिल, एडेन मर्क्रम, अजिंक्य रहाणे र केएल राहुल समेत प्रतियोगितामा राम्रो लयमा देखिएका छन्।

पूरन र सुदर्शन अहिले अगाडि देखिए पनि केही खेल कमजोर भएमा र पछिल्ला खेलहरूमा अन्य ब्याट्सम्यानहरूले ठूला इनिङ खेलेमा तालिका फेरिन सक्ने सम्भावना छ।

पर्पल क्याप होड

बलरहरूको प्रतिस्पर्धा अझ रोचक देखिन्छ। नूर अहमद ले लखनउ सुपर जायन्ट्स (एलएसजी) विरुद्ध विकेट हात पार्न नसके पनि ४ ओभरमा मात्र १३ रन दिएर खेलको उत्कृष्ट प्रदर्शन गरे। उनी १२ विकेटसहित पर्पल क्यापको अग्रपंक्तिमा छन्।

तर उनलाई पछ्याइरहेका खलील अहमद र शार्दुल ठाकुर एक विकेटले मात्र पछि छन्। खलीलले एलएसजी विरुद्ध एक विकेट लिए भने ठाकुर भने विकेटविहीन रहे।

यसैबीच कुलदीप यादव, हार्दिक पाण्ड्या, प्रसिद्ध कृष्णा, आर साई किशोर र मोहम्मद सिराज १० विकेटसहित पछ्याइरहेका छन्।

आगामी खेलहरूमा रन र विकेटको होड अझ चर्किंदै जाने अपेक्षा गरिएको छ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal