एडम जाम्पा घाइते, आईपीएलको बाँकी खेल गुमाउने

Kelmi

  • एजेन्सी
  • |
  • २०८२-०१-०२
  • |
  • 3470 पटक हेरिएको

अष्ट्रेलियाली लेग स्पिनर एडम जाम्पा चोटका कारण अहिले चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ बाट बाहिरिएका छन्। उनले सनराइजर्स हैदराबाद (एसआरएच) बाट सुरुवाती दुई खेल मात्रै खेलेका थिए।

जाम्पाले ती खेलहरूमा इम्प्याक्ट सबको रूपमा खेलेका थिए र दुवै खेल उच्च स्कोरिंग भएका थिए। राजस्थान रोयल्सविरुद्धको खेलमा त कुल ५२८ रन बनेको थियो । उनले उक्त खेलहरूमा १-४८ र १-४६ को प्रदर्शन गरेका थिए। तर त्यसपछि उनको बलिङ गर्दा समस्याले फेरि सताउन थालेपछि उनले चार खेल गुमाए र थप चिकित्सकीय परामर्शका लागि अष्ट्रेलिया फर्किए।

२०२३ को एकदिवसीय विश्वकप अघि पनि अहिलेको जस्तै चोटबाट गुज्रिएका थिए । त्यसबेलाको चोटबाट निको भएर उनी प्रतियोगिताका दोस्रो उत्कृष्ट विकेट लिने बलर बनेका थिए र अष्ट्रेलियालाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

शुरूमा उनलाई केही दिन विश्राम दिएर पुन: टिममा फर्काउने योजना थियो। तर अन्ततः एसआरएचले उनको सट्टा २१ वर्षीय कर्नाटकका ब्याट्सम्यान आर स्मरणलाई टिममा ल्याएको छ। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal