च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१२-०७
  • |
  • 4928 पटक हेरिएको

भारतले च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरे पछि क्रिकेट जगतमा खुसीयाली छाएको छ ।

रोहित शर्माको नेतृत्वमा भारतले अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधी जीतेको थियो ।

बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै र खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगर पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।  

भारतले सन् २०२४ मा आइसिसी ट्वान्टी–२० विश्वकप पनि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal