उप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीले गरे टियू क्रिकेट मैदानको अवलोकन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१२-०७
  • |
  • 4749 पटक हेरिएको

काठमाडौं ।  उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका छन् ।

मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोलीले विहीबार कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन् ।

उक्त अनुगमन गर्दै मन्त्री सिंहले तीब्र गतिमा काम अगाडि बढिरहेको बताए ।  उनले नेपाली खेलाडीहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टडियमहरु ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताए । 

क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो रहेको भन्दै उनले समयमा नै कार्यसम्पन्न गर्न तीन सिफ्टमा काम भइरहेको उल्लेख गरे । क्रिकेट नेपालको लोकप्रिय खेलको रुपमा बिकास भइरहेको अवस्थामा देशका अन्य स्थानमा पनि मैदान निर्माण गरेर अघि बढ्ने मन्त्री सिंहले जानकारी दिए  ।  

उनले भने, ‘बैशाख २४ गतेसम्म काम सक्ने मिति हो । तीब्र रुपमा काम चाँही अगाडि बढिरहेको छ । हाम्रो चाहना चाहीं बैशाख २४ गते नै यो कन्ट्रयाक सम्पन्न भयो भने अहिले क्रिकेले राम्रो गति लिइरहेको छ । नेपाली खेलाडिहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसेको कारणले गर्दा यस्ता स्टडियमहरु ठाउँ ठाउँमा निर्माण गरेर अघि बढ्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं।’

यसैगरी युवा तथा खेलकुदमन्त्री चौधरीले पनि काम सम्पन्न गर्नको लागि तीन सिफ्टमा गर्नुपर्ने बताए । उनले मुलपानी क्रिकेट मैदानको विकासको लागि पनि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए ।

खेलकुदमन्त्री चौधरीले कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि सोचेजस्तो प्रस्ताव नआएकाले अर्थमन्त्रालयको समन्वयमा शहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको जानकारी दिए । उनले सम्झौता अनुसार ठकेदार कम्पनीले समयमा नै कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले मूलपानी मैदानको निर्माण अघि बढाउन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए ।

उनले भने, ‘अहिले हामी तीन सिफ्टमा काम गरिरहेका छौं । यसरी तीन सिफ्टमा काम गर्न सकेनौं भने हामीले बैशाख २४ निर्धारित समयमा क्रिकेट ग्राउण्डको काम गर्न सक्दैनौं ।’ कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal