सातदोबाटोमा खेलाडीले मनाए होली

Kelmi

  • |
  • २०८१-११-२९
  • |
  • 3749 पटक हेरिएको

मिसन– २०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भेला भएर बिहीबार होली मनाएका छन् ।

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलाडी, प्रशिक्षक, सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारीलगायतले एक आपासमा रंग दलेर होलीको शुभकामना आदान प्रदान गरेका थिए ।

प्राय तालिममै व्यस्त रहने खेलाडीलाई विशेष अवसरमा फरक अनुभूति दिलाएर पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal