पीएम कप: गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी

Kelmi

  • |
  • २०८१-११-२९
  • |
  • 3792 पटक हेरिएको

काठमाडौँ । जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

विहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको थियो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्बाधिक ६२ रन बनाए भने सुबास भण्डारीले ३० रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनी ४९.५ ओभरमा अल आउट हुदै २१७ रन बनाएको थियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सबधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाएका थिए ।

त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिएका थिए भने चन्द्र पौडेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।

यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal