एन्फा वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न माग

Kelmi

  • |
  • २०८१-१०-२५
  • |
  • 2247 पटक हेरिएको

काठमाडौं । सी डिभिजन क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई काराबाही गर्न माग गरेका छन् । 

एन्फाले सञ्चालन गरेको सहिद स्मारक सी डिभिजन लिग फुटबलमा ‘म्याच फिक्सिङ’ भएको सार्वजनिकरुपमा अभिव्यक्ति दिएपछि १० वटा क्लबका अध्यक्षहरुले सामूहिकरुपमा एन्फा अध्यक्षलाई सम्बोधन गरेर वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन् । 

क्लबका अध्यक्षहरुले एन्फामा दिएको निवेदनमा उपाध्यक्ष खड्काको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनको अभिव्यक्तिले ‘सी’ डिभिजन खेल्ने क्लबहरूको गरिमामा असर परेको पनि जनाइएको छ । 

निवेदन यस्तो छ ।

श्रीमान् अध्यक्षज्यू, 

अखिल नेपाल फुटबल संघ एन्फा 

सातदोबाटो, ललितपुर। 

विषय : आवश्यक कारबाही गरि पाउँ भन्ने बारे । 

महोदय, 

उपरोक्त सम्बन्धमा तहाँ अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले शहिद स्मारक सी डिभिजन लिंग प्रतियोगिता २०८० का सन्दर्भमा विभिन्न खेलहरुमा हामी माथि खेल मिलेमतो (म्याच फिक्सिङ) जस्ता आरोप लगाई विभिन्न सञ्चार माध्यम र सामाजिक सन्जालमा दिएको अभिव्यक्ति तथा एएफसी र फिफामा गरेको पत्राचारका सन्दर्भमा हामी तपशीलका सी डिभिजन क्लबहरुको गम्भीर ध्यानाकर्षण भएको छ । 

आफैं नेपाली फुटबलकों नेतृत्वमा रहेका निज वरिष्ठ उपाध्यक्षले आफ्नो फुटबल खेलको राजनीती स्वार्थका लागि भ्रम फैलाउने उद्देश्यले नेपाली फुटबल विकासको क्षेत्रमा क्रियाशील हामी सी डिभिजन क्लबहरुका विरुद्ध, आधार र प्रमाण बिना खेल मिलेमतो (म्याच फिक्सिङ) जस्तो गम्भीर विषयमा दिएका अभिव्यक्तिहरु र गरेका गतिविधिहरुले हामी क्लबहरुको गरीमामा समेत गम्भीर असर परेको हुँदा निज वरिष्ठ उपाध्यक्षलाई तत्कल निलम्बन गरी कारवाही गर्नका लागि माग गर्दै निवेदन गर्दछौं । 

निवेदन दिने क्लबहरुमा दिवाकर घले महाविर क्लब, डोलुख कुमार केसी बालाबारी युवा फुटबल क्लब, सन्दन थापा मगर झम्सीखेल युथ क्लब, कृष्ण कुमार तुलाचन स्वयम्भू क्लब, आनन्द राई मनोहरा युनाइटेड क्लब, विकास डंगोल पुल्चोक स्पोर्ट्स क्लब, राजाराम दुवाल स्पोर्ट्स एकेडेमी साँगा, सरोज महर्जन समाज कल्याण खेलकुद केन्द्र क्लब, शिव श्रेष्ठ सानेपा क्लब र जितेन्द्र सुवेदी सामाजिक युथ क्लब रहेका छन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal