स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता

Kelmi

  • |
  • २०८१-१०-२४
  • |
  • 2528 पटक हेरिएको

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता भएको छ ।

बिहिबार एक कार्यक्रमबीच नेपाल स्केटिंङ् तथा स्केटबोर्डिङ संघका अध्यक्ष्य अच्युत खनाल र बिद्यालय खेलकुद महासंघका अध्यक्ष बिनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरि सम्झौता गरे । अध्यक्ष खनालले सम्झौताले स्केटिङ खेल विद्यालय स्तरमा व्यापक रुपमा फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले सम्झौताले स्केटिङ खेलको विकासमा महत्तोपुर्ण योगदान पुग्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal