विश्वविद्यालय खेलकुदमा त्रिवि टिम च्याम्पियन

- |
- २०८१-१०-२४
- |
- 2447 पटक हेरिएको
विश्वविद्यालय खेलकुदमा त्रिवि टिम च्याम्पियन
पोखरामा विहिवार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बन्न सफल भएको छ । त्रिभुवनले १३स्वर्ण पदक सहित टिम च्याम्पियन बनेृको हो । ९ रजत तथा ४ कास्य सहित २६ पदक प्राप्त गरि दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै ३ स्वर्ण २ रजत र ३ कास्य पदक सहित सुदुरपश्चिम विश्व विद्यालय द्धितीय भएको छ भने २ स्वर्ण र ३ रजत पदक सहित मध्यपश्चिमान्चल विश्व विद्यालय तृतीय भएको छ । सहआयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्ण सहित २ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । काठमाण्डौले २ रजत र ७ कास्य हात पार्दा पोखराले १ रजत ३ कास्य पदक प्राप्त गरेको छ । पूर्वान्चाल २ कास्य, कृषि तथा वनविज्ञान २ कास्य र लुम्विनी विश्वविद्यालयले १ कास्य पदकमा चित्त बुझाएका छन् ।
विजेता खेलाडी तथा टिम च्याम्पियन टिमलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिष्टर डा कैलाश तिमल्सिना, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जना श्रेष्ठ, कार्यक्रम संयोजक तथा परिषद् बोर्ड सदस्य डा मधुसुदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, टफी मेडल तथा नगद पुरस्कार प्रदान गर्नु भयो ।
चार खेल पुरुष भलिबल, महिला पुरुप एथलेटिक्स, व्याडमिन्टन र टेबलटेनिका गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भएको थियो ।
दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टबल टेनिसमा त्रिभुवन विश्व विद्यालयले ३ स्वर्ण प्राप्त गरेको छ । उसले २ रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै गण्डकी विश्व विद्यालयले १ स्वर्ण १ रजत र २ कास्य प्राप्त गरेको छ । यस्तै काठमाण्डौ विश्वविद्यालयले १ रजत तथा ३ कास्य जितेको छ भने पोखरा र पूर्वान्चल विश्व विद्यालयले एक एक कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै आजै सम्पन्न भएको व्याडमिन्टनमा पनि त्रिभुवन विश्व विद्यालय नै अगाडी रहयो । उसले ४ स्वर्ण र एक रजत जित्न सफल भएको छ । यस्तै पोखरा, लुम्विनी र गण्डकीले एक एक रजत हाल पारे भने काठमाडौंले ३ कास्य पदक प्राप्त गरेको छ ।
विश्वविद्यालय स्तरको पुरुष भलिबलमा मध्यपश्चिमान्चल विश्व विद्यालय प्रथम भएको छ । मध्यपश्चिमान्चलले त्रिभुवन विश्व विद्यालयलाई पराजित गरेको छ । मध्यपश्चिमान्चल विश्वविद्यालयले २१-२५,२५-१३,२५-१८र २५-२३को सेटमा पराजित भई भलिबलको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिमान्चल विश्व विद्यालय कृषि तथा वनविज्ञिान विश्व विद्यालयलाई पराजित गर्दै तृतीय भएको छ । सुदुरपश्चिमले २१-२५, २५-४,२५-१७ र २५-१६ले पराजित गरेको हो ।
यसैबीच, तेश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता आगामी बर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले आयोजना गर्ने गरि झण्डा हस्तान्तरण गरिएको छ । कृषि तथा वनविज्ञान विश्व विद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्ण प्रसाद थपलियाले प्रतियोगिता आयोजनाको झण्डा लिनुहुदै अर्को बर्ष चितवनमा भेट गर्न सबै विश्वविद्यालयलाई निम्ता समेत गर्नु भयो ।