एक्सेल्सियर कप बुधबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-२२
  • |
  • 1254 पटक हेरिएको

द एक्सेल्सियर स्कुलको आयोजनामा ११ औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यु–९ मा ९, यु–११ मा १४, यु–१४ मा १२ र यु–१६ मा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिमले सहभागिता जनाउने बास्केटबल प्रशिक्षक आशिष महर्जन जानकारी दिए ।

ग्रास रुटदेखि भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले यु–९ उमेरसमूहको फुटसल पहिलोपटक समावेश गरिएको एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीले बताए ।

आायेजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुनेछ । खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा खेलाइने छ ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal