विश्वकपमा नेपाल जित्नै पर्ने दबाबमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-०७
  • |
  • 2439 पटक हेरिएको

नेपाली महिला टोली आज स्कटल्याण्ड महिला टोलीविरुद्ध आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।

खेल मलेसियाको युकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरुहुने छ ।

नेपाल आफ्नो अघिल्लो खेलमा बंगलादेशसँग ५ विकेटले हार बेहोरेकाले यो खेलमा जित निकाल्दै पुनरागमन गर्ने लक्ष्यमा छ ।  

त्यस्तै, स्कटल्याण्डले पनि आफ्नो पछिल्लो खेलमा अष्ट्रेलियासँग ९ विकेटको हार बेहोरेपछि यो खेलमार्फत लय समात्ने प्रयास गर्नेछ ।  

१६ टोली सहभागी यो प्रतियोगितामा टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा राउन्ड–रोबिन ढाँचामा खेल हुनेछ । समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । त्यसपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  

नेपालः सोनी पाख्रिन, पूजा महतो (कप्तान), तिर्सना बि.क., रचना चौधरी, सबित्रि धामी (विकेटकिपर), कृशमा गुरुङ, कुसुम गोडार, सीमना केसी, अनु कडायत, किरण कुँवर, स्नेहा महरा, ज्योत्स्निका मरासिनी, सना प्रविन, रिया शर्मा, एलिशा यादव।  

स्कटल्याण्डः एमिली बाल्डी, मोली बार्बर–स्मिथ, गाब्रिएला फन्टेनला, लुसी फोरेस्टर स्मिथ, पिप्पा केली, मैसी माशेरा, किस्र्टी म्याककॉल, नाइम मुइर, चार्लोट नेवार्ड, मोली पार्कर, नायमा शेख, रोसी स्पिडी, पिप्पा स्प्रोल, जेना स्ट्यान्टन, एम्मा वाल्सिङ्घम ।  

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal