प्रिमियर लिगमा एभर्टनको कठिन जीत

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-१०-०६
  • |
  • 2384 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । गुडिसन पार्कमा एभर्टनले पहिलो हाफमा गरेको गोल मद्दतले टोटनहमलाई ३–२ ले पराजित गरेको हो ।

खेलको शुरूवातसँगै गुएयले पहिलो हाफको पहिलो ३० मिनेटमा दुई शानदार असिस्ट दिएका थिए । १३औं मिनेटमा उनले क्याल्भर्ट–लुइनलाई गोलको लागि पास दिए । त्यसको १७ मिनेटपछि नडियायेलाई पेनाल्टी एरिया भित्र बल मिलाउँदा गोल भएको थियो ।

आखिरमा, ग्रेबाट भएको दुर्भाग्यपूर्ण आफ्नै गोलले एभर्टनलाई पहिलो हाफको अन्त्यमा ३–० को अग्रता दिलायो । अन्तिम १५ मिनेटमा रोमाञ्चक उतारचढाव भए ।

कुलुसेवस्कीको गोलले ७७ औं मिनेटमा गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने शंकेत गरेका थिए । रिचार्लिसनको अन्तिम समयको स्लाइडिङ गोलले खेलको समय समाप्त हुनुभन्दा केही समय पहिले ३–२ को अवस्थामा टोटनहम फर्किएको थियो ।

तर, एभर्टनले थप गोल हुन नदिइ अन्ततः ३–२ को नतिजाका साथ तालिकामा ३ अंक थप्न सफल भयो । जीतसहित एभर्टन २० अंकका साथ तालिकाको १६ औं स्थानमा छ भने पराजित भएको टोटनहम १५ औं स्थानमा छ ।   

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal