एनकेएलमा हिमालयनकाे पहिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-०६
  • |
  • 2211 पटक हेरिएको

नेपाल कबड्डी लिग (एनकेएल) मा हिमालयन रेडर्सले पहिलो जित हासिल गरेको छ। जितसँगै हिमालयनले पाँच अङ्क जोडेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा पोखरा लेकर्सलाई हिमालयन रेडर्सले ३४-३० को स्कोरले पराजित गरेको हो।

खेलमा हिमालय दुई पटक अल आउट भएको थियो भने पोखरा एक पटक अल आउट भयो। पहिलो हाफमा १३-११ ले अग्रता बनाएको हिमालयनले उक्त अग्रतालाई जोगाउँदै खेलमा जित हासिल गर्‍यो । यसअघि प्रतियोगिताको पहिलो खेलमा पोखरा काठमाडौँसँग पराजित भएको थियो। यता, हिमालयन जनकपुरसँग पराजित भएको थियो।

योसँगै दोस्रो खेलमा हिमालयनले पहिलो जित हासिल गरेको छ। दोस्रो खेलमा पराजय बेहोरेको पोखराको एक अङ्क छ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal