इसान कप फुटबल शुरु

-
नेप्लेज
- |
- २०८१-०९-२९
- |
- 2299 पटक हेरिएको
काठमाडौं । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ११ औं इसान कप फुटबल प्रतियोगिता आज (सोमबार) बाट शुरु भएको ।
प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले उद्घाटन गरे । नकआउट प्रतियोगिताको ब्वाइजमा १८ र गर्ल्समा ११ वटा टिमको सहभागिता रहेको इसानका सल्लाहकार बालमुकुन्द कार्कीले जानकारी दिए ।
पहिलो दिन ब्वाइजमा लिविङ बर्ड एकेडेमीले लिम्पिया नेसनल स्कुललाई ३-१, सत्य शाहीले अप्सिलोन नेसनल स्कुललाई २-०, होलि एन्जल्सले रिम्स स्कुललाई १-० र प्रज्ञा सदनले नेपालय पब्लिक स्कुललाई ३-० गोलले पराजित गर्यो ।
यस्तै गर्ल्समा नेपालयले प्रज्ञा सदनलाई ५-० र लिविङ बर्डले लिम्पिया नेसनललाई ३-० ले पराजित गरेका छन्।