राखेपका उपाध्यक्ष आचार्यले गरे पदवहाली

-
नेप्लेज
- |
- २०८१-०९-२९
- |
- 2176 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गरेका छन् ।
उनलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए ।
पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उप–महानगरपालिका ७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष पनि हुन् ।
यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधी सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त थियो ।