लेच्चेलेको जीत, दोस्रो स्थानको एटलान्टाले अंक बाँड्यो
- एजेन्सी
- |
- २०८१-०९-२७
- |
- 2214 पटक हेरिएको
इटालियन सिरी एमा लेच्चेले ३-१ को शानदार जित हासिल गरेको छ। शनिबार भएको खेलमा लेच्चेले एम्पोलीलाई उसकै मैदानमा पराजित गरेको हो ।
खेलको छैटौं मिनेटमै टेटे मोरेन्टेले उत्कृष्ट गोल गर्दै लेच्चेलाई अग्रता दिलाए। सान्तियागो पिएरोटीको पासमा मोरेन्टेले गोल गरेका थिए ।
११औं मिनेटमा निकोला क्रस्टोभिकले लेच्चेका लागि दोस्रो गोल थपेका थिए। टेटे मोरेन्टेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।
४७ औं मिनेटमा एम्पोलीका लिबेराटो काकाचेले हेडरमार्फत गोल गर्दै खेललाई २-१ मा झारेका थिए। इम्यानुएल जियासीको पासलाई सदुपयोग गर्दै काकाचेले गोल गरेका थिए।
तर, खेलको ९०औं मिनेटमा निकोला क्रस्टोभिकले आफ्नो दोस्रो गोल गर्दै लेच्चेलाई ३-१ को अग्रता दिलाए। र सोही अग्रता नै अन्तिम नतिजा बन्यो । जीतसँगै लेच्चे रेलिगेशन क्षेत्रबाट धेरै माथि आएको छ । खेलअघि १८ औं स्थानमा रहेको लेच्चे खेल जितेसँगै १३ औं स्थानमा उक्लिएको हो । लेच्चेको २० खेलमा २० अंक भएको छ । हारसँगै एम्पोली २ स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । सिरिएमा नापोली शीर्ष स्थानमा छ ।
सिरए कै अर्को खेलमा दोस्रो स्थानमा रहेको एटलान्टाले उडिनेससँग गोलरहित बराबरी खेल्दै एक अंकमा चित्त बुझायो । नापोलीको तालिकामा ४४ अंक छ भने एटलान्टाको ४१ अंक भएको छ ।