भेट्रान फुटबलमा कुसुन्ती सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२७
  • |
  • 2435 पटक हेरिएको

आयोजक कुसुन्ती ‘बी’ दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले चावहिल भेट्रानलाई १–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि सविन श्रेष्ठले निर्णायक गोल गरे ।

थर्ड आई, जोरपाटी एफसी र बीबीसी भेट्रान पनि सेमिफाइनलमा पुगे । थर्ड आईले आईयुएफसीलाई १–० गोलले हरायो । शशि रिमालले निर्णायक गोल गरे ।

जोरपाटीले एफसी सिलिंक हेटौंडा भेट्रानलाई २–० गोलले पन्छायो । बीबीसीले बिजी फुटसललाई २–० गोलले पाखा लगायो । नवीन न्यौपाने र दीपक लामाले समान १–१ गोल  गरे । सेमिफाइनल थर्ड आई र कुसुन्ती ‘बी’ तथा बीबीसी र जोरपाटीबीच हुनेछ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal