टेनिस टोली श्रीलंका जाने
- नेप्लेज
- |
- २०८१-०९-२६
- |
- 2172 पटक हेरिएको
आईटीएफ एसिया यु–१४ डेभ्लोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंको कोलम्बो जाने भएको छ ।
जनवरी १३ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा विश्वविशेष डल्लाकोटी र साङ्गे रोकाया तथा महिलामा शिभाली गुरुङ र साल्भी शेरचनले खेल्ने छन् ।
प्रशिक्षकमा छेवाङ लामा छन् । टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।