केएमसी बास्केटबल भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२६
  • |
  • 2048 पटक हेरिएको

केएमसी स्कुलको आयोजनामा चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा विभिन्न २८ विद्यालयका ३६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केएमसीका प्रिन्सिपल द्वारारिकानाथ अम्गाईंले जानकारी गराए । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने केएमसीका इसीए इन्चार्ज प्रवेश शाहीले जानकारी दिए । सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा एनसीसीएस र जुनियर ब्वाइजमा ज्ञान निकेतन साविक विजेता हुन् । एनसीसीएस बाहेक बाँकी २ साविक विजेता यो संस्करणमा सहभागी छैनन् ।

प्रिन्सिपल अम्गाईंले विद्यार्थीमा खेलप्रति आकर्षण बढाउन र उनीहरुमा रहेको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकै कोर्टमा खेलाइने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ ६ गते हुनेछ । पहिलो दिन ८ खेल हुनेछ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal