विश्वकप खेल्ने खो खो टोली भारत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२६
  • |
  • 2087 पटक हेरिएको

प्रथम खो खो विश्व कपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

पुस २९ देखि माघ ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा २५–२५ पुरुष/महिला खेलाडी, २ प्रशिक्षक र १ सहायक प्रशिक्षक छन् । विश्व कपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal