लालीगुराँस र न्युटन क्वाटरफाइनलमा
- नेप्लेज
- |
- २०८१-०८-२९
- |
- 2463 पटक हेरिएको
लालीगुराँस नेसनल एकेडेमी र न्युटन प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुई टिमसंगै फेरिल्यान्ड र ग्रिनल्यान्ड पनि क्वाटरफाइनलमा पुगे ।
लालीगुराँसले नव दीक्षितलाई २१–१६, न्युटनले त्रिवेणीलाई १९–१४, फेरिल्यान्डले स्किब्सलाई १९–१५ र ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१४ ले पराजित गरे । लालीगुराँसकी प्रियान्शु पन्थले ९, फेरिल्यान्डकी करुणा बोगटीले ७ र ग्रिनल्यान्डकी विहनी राईले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा लालीगुराँसले न्युटनलाई १७–१३, गोल्डेनपिकले हिमरश्मिलाई ३६–२५, भ्याली पब्लिकले नाम्सलाई ३५–१६ र किङडमले एन्जल्स हार्टलाई १८–१७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लालीगुराँसका रोहित गुरुङले ६, गोल्डेनपिकका भुवन भण्डलले १२, भ्याली पब्लिकका अशोक विकले १७ र किङडमका पेम्बा दयाले ९ स्कोर गरे । प्रतियोगिताअन्तर्गत लिग चरणका सम्पूर्ण खेल सकिएका छन् ।