क्यालिकट हिरोज काभा क्लब भलिबल च्याम्पियन

-
नेप्लेज
- |
- २०८१-०८-२९
- |
- 2598 पटक हेरिएको
काठमाडौं । भारतीय क्लब क्यालिकट हिरोजले हेल्प नेपाल स्पोर्ट क्लबलाई हराउँदै काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा क्यालिकटले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो।
हेल्प नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २४–२६, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१७ ले गुमायो।
क्यालिकट लिग चरणमा तेस्रो हुँदै र हेल्प नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा क्यालीकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई हराएको थियो।