फेका कप फुटबल यसै साता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२५
  • |
  • 2722 पटक हेरिएको

काठमाडाैँ । संस्थागत विद्यालयहरुको संस्था (फेका) को आयोजनामा १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २५ टिमको सहभागिता रहने फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जनाएका छन् ।

प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।

पुस ६ गतेसम्म चल्ने नकआउट प्रतियोगिताका खेलहरु मूलपानी चौर मैदानमा हुनेछ । गत संस्करणको उपाधि गेटवे एकेडेमीले जितेको थियो ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal