विश्वराम र अस्मिता पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१५
  • |
  • 1987 पटक हेरिएको

चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल बैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन् । प्लस टुको छात्रमा विश्वराम तथा छात्रामा अस्मिता पहिलो भएका हुन् ।

विश्वरामले निर्धारित दूरी १८ मिनेट ०४.५ सेकेन्डमा पूरा गरे । नव प्रभातका तयाहाङ राई दोश्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेश्रो भए । अस्मिताले दूरी तय गर्न २१ मिनेट ३२.७ सेकेन्ड समय खर्चिन् । लालीगुराँसकै भगवती खड्का दोश्रो तथा एभरेष्टकी स्वस्तिका तिरुवा तेश्रो भए ।

दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको बैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहे । सरस्वतीका नमराज बानियाँ दोश्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेश्रो भए । सो स्पर्धाको छात्रामा लालीगुराँसकी सर्मिला विकले स्वर्ण जितिन् । सर्मिलाले २३ मिनेट ०२.३ सेकेन्ड समय लगइन् । श्रीकृष्णकी प्रमिशा कार्की दोश्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेश्रो स्थानमा रहे ।

भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य जिते । पुरुष ५६ देखि ६५ वर्षमा महर्जनत्रय देव, विक्रम र रामभक्त क्रमशः शीर्ष तीन स्थानमा रहे । ४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङ प्रथम, राजु भण्डारी द्वितीय र रामचन्द्र श्रेष्ठ तृतीय भए । भेट्रान महिलामा कृष्णेश्वरी सिन्तकला पहिलो, सर्मिला बस्नेत दोश्रो र कल्पना महर्जन तेश्रो बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष बैकुण्ठ मानन्धर, मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रीय सचिवालय सदस्य नन्दु काउछालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । विभिन्न १० स्पर्धा समावेश दौडमा करिब ६ सय ५० प्रतिस्पर्धी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ दशरथ रंगशालामै आएर टुंगिएको थियो ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal