शिखर धवन भन्छन्ः ‘एनपिएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु’

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१४
  • |
  • 2419 पटक हेरिएको

काठमाडौं । कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा अनुबन्ध भएका धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका हुन् ।

उनलाई शुक्रबार कर्णाली याक्समा मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरलेले स्वागत गरेका थिए ।

नेपाल झरेपछि उनले भने, ‘नमस्ते नेपाल, नेपाल आएर निकै खुसी भएको छु । मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु,’ धवनले भने, ‘यहाँ आफ्नो अनुभव साट्नेछु । स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुद कर्णाली याक्समा छन् ।

टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् ।

‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भएका छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।

युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । ३८ वर्षीय बायाँहाते ओपनर धिवनले भारतको राष्ट्रिय टोलीसँगै आइपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाव किंंग्सबाट खेलेका छन्।

उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीका रूपमा चिनिन्छन् । धवनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो र चर्चित नाम हुन् । उनले नेपालमा रहँदा पशुपतिनाथ मन्दिर दर्शन गर्ने तथा सगरमाथा चड्न प्रयास गर्ने जानकारी गराए ।

उनले आफूजस्ता खेलाडीबाट नेपालका नयाँ खेलाडीले अनुभव साट्ने बताएका छन् । ‘अनुभवी खेलाडी आएर नेपालमा खेल्नु नयाँ पुस्ता खेलाडीको लागि सुखद् रहेको छ । त्यसले फरक माहोल बन्नेछ र नयाँ खेलाडीको मनोबल बढाउने छ ।’

उनले सन्यास लगत्तै नेपाल आएर खेल्न मौका मिलेको कारण जानकारी गराए । ‘संन्यास नलिँदा सम्म बाहिर खेल्न अनुमती हुँदैन । मैले अहिलेसम्म नेपाल देखेको थिइन, हामीसँग नेपालका धेरै मान्छे छन् । भाषा पनि मिल्छ त्यसैले मौका मिलेसँगै नेपाल आएको हुँ ।’

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal