आर्यनलाई स्वर्ण
- नेप्लेज
- |
- २०८१-०८-१४
- |
- 2278 पटक हेरिएको
काठमाडौं २६ का आर्यन शाहीले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
स्पिन इभेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको फाइनलमा आर्यनले रामेछाप ४ का प्रजिल भट्टराईलाई ११–५, ११–८ र ११–८ को सोझो सेटमा पराजित गरे । कीर्तिपुर ६ का जयस्नु महर्जन र ललिपतुर ७ का एलेन महर्जन तेश्रो भए ।
भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा धरान १२ का राजन सुब्बा पहिलो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले काठमाडौं ३० का मनोहरी थापालाई ११–५, ७–११, ११–६ र ११–९ को सेटमा हराए । तानसेन ३ का शेखर श्रेष्ठ र ललितपुर ११ का शरद्मान श्रेष्ठ तेश्रो बने ।