यू-१९ एसिया कपमा नेपाल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१४
  • |
  • 2308 पटक हेरिएको

 

एसिसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । श्रीलंकासँग नेपाल ५५ रनले पराजित भएको हो ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमा समेटिन पुग्यो ।

नेपालका मयन यादवले सर्वाधिक ६२ रन बनाए पनि हार टार्न भने सकेनन् । उनले ९१ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काए । उनीबाहेक नेपालमा आकाश त्रिपाठी १९, उत्तम रंगु थापामगर १७ र नरेन साउद १६ रनमा पभेलियन फर्किए ।

श्रीलंकाका प्रभिन मनिषले सर्वाधिक तीन विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।

श्रीलंकाका शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाउँदा लकविन अबेसिंघे ५० रन जोडेका थिए ।

नेपालका सन्तोष यादवले सर्वाधिक चार विकेट लिएका थिए भने युवराज खत्रीले दुई र नरेन साउदले एक विकेट हात पारे ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal