एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०७-१८
  • |
  • 714 पटक हेरिएको

काठमाडौं । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ। 

आइतबार १२औँ साताको खेल अन्तर्गत एथ्लेटिकको मड्रिडले लस पाल्मासलाई २–० गोलले पराजित गरेको हो। 

जीतसँगै जारी सिजन १२ खेलबाट २३ अंकसहति  एथ्लेटिकको पाँचौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ। पराजित लास पाल्मास समान खेलबाट ९ अंकसहित पूछारबाट तेस्रो स्थानमा छ।

एथ्लेटिकको जीतमा ज्युलियानो सिमोन र अलेक्जेंडर सोर्लोथले गोल गरे। 

पहिलो हाफमा एक गोल गरेको एथ्लेटिककोले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। 

खेलको ३७औँ मिनेटमा सिमोनको गोलबाट अग्रता बनाएको एथ्लेटिकको लागि ८३औँ मिनेटमा सोर्लोथले गोल गर्दै जीत पक्का गरे।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal