भारतविरुद्धको टेस्ट सिरिज न्यूजील्याण्डको पोल्टामा
- नेप्लेज
- |
- २०८१-०७-१८
- |
- 504 पटक हेरिएको
काठमाडौँ । भारतलाई घरेलु मैदानमा २५ रनले हराउँदै न्यूजील्याण्डले टेस्ट सिरिज आफ्नो पोल्टामा पारेको छ।
आइतबार सम्पन्न टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै भारतले सिरिज ३–० ले गुमाएको हो।
यो सँगै भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिज गुमाएको छ। यसअघि भारत १९९९–२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २–० ले गुमाएको थियो।
न्यूजील्याण्डले टेस्टको पहिलो इनिङ २३४ रन बनाएको थियो भने भारतले २६३ रन बनाएको थियो। त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिङमा १७४ रन बनाउँदा भारतले १४७ रनको लक्ष्य पाएको थियो।
१४७ रनको लक्ष्य पछाएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो।
भारतलाई १२१ रनमा रोक्न न्युजील्याण्डका लागि एजाज पटेलले १४.१ ओभरमा एक मेडनसहित ५७ रन खर्चिएर ६ विकेट हात पारे। यस्तै ग्लेन फिलिप्सले १२ ओभरमा ४२ रन खर्चिएर तीन विकेट हात पारे भने म्याथ्यू हेनरीको नाममा एक विकेट रह्यो।
न्युजील्याण्डको कसिलो बलिङ सामू भारतका ऋषभ पन्तले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
योसँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले 'क्लीन स्वीप' गरेको हाे।