नेसन्स लिगमा आज राति इजरायल र फ्रान्स भिड्दै

-
एजेन्सी
- |
- २०८१-०६-२४
- |
- 923 पटक हेरिएको
फ्रान्सले आज यूईएफए नेशन्स लिगको खेलमा इजरायलसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल हंगेरीको बुडापेस्टस्थित बोसिक एरिनामा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
फ्रान्सले गत महिना इटालीसँग ३-१ को हार व्यहोरेको थियो, तर त्यसपछि बेल्जियमलाई २-० ले पराजित गरेको थियो।
फ्रान्सका कप्तान किलियन एमबाप्पे घाइते भएका कारण यस खेलमा सामेल छैनन् भने अनुभवी खेलाडी एन्टोइन ग्रिजमनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्।
अब, अन्तर्राष्ट्रिय फुटबलमा एन्टोइन ग्रिजमनको सन्यासले फ्रान्सको टिममा केही चुनौती थपिएको छ, जबकि किलियन एमबाप्पे पहिलो पटक तीन वर्षमा फ्रान्सको टोलीमा समावेश भएको छैन।
फ्रान्स समूह २ मा दोस्रो स्थानमा रहेको छ, जुन सीधा क्वार्टर फाइनलमा प्रवेशका लागि पर्याप्त हुनेछ। तर,फ्रान्सले २०२२-२३ नेशन्स लिगमा अवे म्याचमा कुनै जीत हासिल गर्न सकेको छैन।
इजरायलले बेल्जियम र इटालीसँगका हारपछि आफ्नो टिममा केही परिवर्तन गरेको छ।
इजारयल अहिले प्रशासनिक कारणले गर्दा हंगेरीमा आफ्ना 'होम' खेलहरू आयोजना गर्दै आएको छ। फ्रान्स र इजरायलको बीचमा अहिलेसम्म ९ पटकको भेटमा इजरायलले केवल एक पटक जितेको छ।
इजरायलको सम्भावित टोली
गोलकिपर: योआव गराफी
डिफेन्डरहरू: येहेजकेल, नाचमियास, श्लोमो, लेइड्नर
मिडफिल्डरहरू: अबु फानी, कानिकोस्की, अबादा, ग्लोउख, सोलोमन
फर्वार्ड: ताइ बारिबो
फ्रान्सको सम्भावित टोली
गोलकिपर: माइक मेनन
डिफेन्डरहरू: कोंडे, सालिबा, कोनाटे, हर्नान्डेज
मिडफिल्डरहरू: जायर-एमरी, फोफाना, क्यामाभिङ्गा
फर्वार्डहरू: डेम्बेले, नकुन्कु, बार्कोला