भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज एक खेल अगावै जित्यो

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०६-२३
  • |
  • 1146 पटक हेरिएको

भारतले बंगलादेशविरुद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ।

बुधबार भएको दोस्रो खेलमा भारतले ८६ रनको शानदार जित निकाल्दै सिरिज २-० ले जितेको हो।

भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२१ रनको विशाल स्कोर खडा गर्‍यो।

जवाफमा बंगलादेशको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।

भारतीय टोलीको सुरुवात त्यति राम्रो नभए पनि नितिश रेड्डी र रिंकु सिंहले उत्कृष्ट ब्याटिङ गर्दै बंगलादेशी बलरहरूलाई कडा चुनौती दिए।

नितिशले ३४ बलमा ७४ रनको धमाकेदार पारी खेल्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० अर्धशतक पूरा गरे। उनले चार चौका र सात छक्का प्रहार गरे।

रिंकु सिंहले पनि २९ बलमा ५३ रनको उत्कृष्ट पारी खेले। यी दुईबीच चौथो विकेटका लागि १०८ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो।

बंगलादेशका बलरहरू खासै प्रभावकारी साबित भएनन्, तर रिशाद हुसेनले तीन विकेट लिएका थिए।

२२२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बंगलादेशका खेलाडीहरू दबाबमा परे।

मोहमदुल्लाहले ३९ बलमा ४१ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन्। 

भारतका नितिश रेड्डी र बरुण चक्रवर्तीले समान दुई विकेट लिएर बंगलादेशलाई दबाबमा राखे।

अब यी दुई टोलीबीचको अन्तिम तथा तेस्रो टी-२० खेल शनिबार हुनेछ, जहाँ भारत क्लिन स्वीपको लक्ष्यमा हुनेछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal